माछापुच्छ्रे बैंकले हालको कारोनो महामारीलाई मध्यनजर गर्दै काठमाडौंको महाराजगञ्जमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्डको स्थापना गर्ने भएको छ।
महामारीका बेला हरेक अस्पतालमा कोरोना विशेष वार्डको अनिवार्य आवश्यकता महसुस गरी बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त अस्पतालमा कोरोना विशेष वार्डको स्थापना गरिदिन लागेको हो।
कोरोना विशेष वार्ड स्थापना गर्ने सम्बन्धी सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारी तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे।
सम्झौता पश्चात बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको अस्पताल परिसरमा उपलब्ध स्थानमा कोरोना विशेष वार्ड निर्माण गरी गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई हस्तान्तरण गर्नेछ।
बैंकका हाल देशभर आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा संचालनमा छन्।
त्यस्तै ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३१ स्थानवाट ९ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ्ग सुबिधा प्रदान गर्दै आएको छ। बैंकको देशभर २०२ वटा एटिएमहरु संचालनमा छन्।