एनआइसी एसिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् ।
पुस ९ गते बसेको बैंकको सञ्चालक समितिको ७४४औं बैठकले सोही मितिदेखि लागु हुनेगरी उक्त पदमा अग्रवाललाई नियुक्त गरेको हो।
नवनियुक्त अध्यक्ष अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन्।
उनले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याएका बैंकका भनाइ छ।
उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्ने उनको कार्यकालमा बैंकले महत्त्वपूर्ण उपलब्धिहरू हासिल गर्नुका साथै बैंकले सफलताको थप उचाइ प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्याउने दृढ विश्वास लिएको छ।