विश्वका दुई सय भन्दा धेरै मुलकबाट नेपालमा रेमिटेन्स भित्राउँदै आएको ई-सेवा मनि ट्रान्सफर दुई वर्ष पूरा भई तेस्रो वर्षमा प्रवेश गरेको छ। २०७७ साल वैशाख ३० गते फिन टेक कम्पनी एफवान सफ्ट ग्रुपअन्तर्गत स्थापना भएर सञ्चालनमा आएको डिजिटल रेमिटेन्स कम्पनी ई-सेवा मनी ट्रान्सफर तेस्रो वर्षमा प्रवेश गरेको हो।
यस रेमिटेन्स कम्पनीले हाल संसारका २०० भन्दा धेरै देशका ३० भन्दा बढी अन्तराष्ट्रिय रेमिटेन्स साझेदारको सहायतामा नेपालमा रेमिटेन्स भित्राउँदै छ।
दुई वर्ष अघि सञ्चालनमा आएसँगै डिजिटल रेमिटेन्सलाई प्राथमिकता दिँदै 'मेरो पहिलो रोजाइ' नारा बोकेर अघि बढेको यस रेमिट्यान्स कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गर्दै तुरुन्तै ग्राहकको खातामा रेमिटेन्स भित्राउँदै आएको छ।
त्यस्तै, ई-सेवा मनी ट्रान्सफर मार्फत ५० लाखभन्दा बढी प्रयोगकर्ताको सञ्जाल भएको ई-सेवा वालेटमा पनि विदेशमा रहेका नेपालीहरूले सहजै पैसा पठाउँदै छन्।
डिजिटल प्रविधिबाट रेमिटेन्स पठाउन मिल्ने भएकाले ई-सेवा मनी ट्रान्सफरमार्फत रेमिटेन्स पठाउँदा सेवाग्राहीले कम शुल्कमै रेमिटेन्स पठाउन पाएका छन्। त्यस्तै, यस कम्पनीले आफ्ना एजेन्ट नेटवर्कलाई पनि व्यापक मात्रामा वृद्धि गर्दै देशका हरेक गाउँ र शहरसम्म आफ्नो सेवा विस्तार गरिसकेको छ।
हाल कम्पनीका मुलुकभर १८ हजारभन्दा धेरै संख्यामा एजेन्ट नेटवर्क छन्। ई-सेवा मनि ट्रान्सफर मार्फत ग्राहकहरूले विदेशबाट आएको रकम तुरुन्तै पाउन तथा आन्तरिक रेमिटेन्सको सेवा उपयोग गर्दै कम शुल्कमा देशभरी रेमिटेन्स पठाउन सक्छन्। देशका हरेक क्षेत्रमा रहेका ई-सेवाका एक लाखभन्दा धेरै एजेन्ट नेटवर्क तथा क्यास पोइन्ट मार्फत पनि सेवाग्राहीले ई-सेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा प्राप्त गरिरहेका छन्।
साथै, ई-सेवा मनी ट्रान्सफरले रेमिटेन्स पठाउने तथा पाउने दुवै पक्षलाई लक्षित गर्दै आकर्षक क्यासब्याक अफरहरू सञ्चालन गर्दैछ।
दोस्रो वार्षिकोत्सवको अवसरमा ई-सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, 'कार्य सञ्चालनको दुई वर्षमै ई-सेवा मनी ट्रान्सफरले सुलभ, छिटो, विश्वसनीय र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरूको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा हामी एकदमै खुशी र उत्साहित छौं।'
आफ्नो सेवा विस्तारबारे उनले भने, 'हामी आउँदा दिनहर"मा थप अन्तर्राष्ट्रिय साझेदारसँग समन्वय गर्दै थप नेपालीसम्म आफ्नो सेवा विस्तार गर्दै लैजानेछौं। र, उनीहरूलाई रेमिटेन्स कारोबारमा थप सुविधा पुर्याउछौं।'
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९, ०६:४३:३६