सरकारले वित्तीय क्षेत्र सुधारको लागि दोस्रो वित्तीय क्षेत्र सुधार रणनीति कार्यक्रम ल्याइने घोषणा गरेको छ।
संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन्।
वित्तीय क्षेत्रको स्रोत साधान व्यक्ति, संस्था, भौतिक स्थानमा सीमित हुन नदिन बैंक, वित्तीय संस्था, बीमा, पुँजी बजारको सेवा बहुसंख्यक जनसंख्याको पहुँचमा पुर्याउने गरी आवश्यक नीतिगत सुधार गर्ने बताइएको छ।
सरकारी स्वामित्वमा बैंक तथा वित्तीय संस्थाको पुनर्संरचना गरेर सुदृढ बनाइने समेत बजेटमा उल्लेख गरिएको छ।