नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३२ रुपैयाँ १६ पैसा कायम गरिएको छ।
बिहीबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा थियो। यो मूल्य अघिल्लो दिनको ५० पैसा घटेको हो।
यस्तै, युरोपियन युरो पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
आज युरो एकको खरिदमा १४० रूपैयाँ ८० पैसा र बिक्रीमा १४१ रूपैयाँ ४४ पैसा पाइन्छ।
क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ९८ पैसा र बिक्रीमा ९७ रूपैयाँ ४३ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रूपैयाँ ७६ पैसा र बिक्रीमा ८६ रूपैयाँ १६ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रूपैयाँ ८१ पैसा र बिक्रीदर १६४ रूपैयाँ ५५ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ११ पैसा र बिक्रीमा ३६ रूपैयाँ २७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ८ पैसा र बिक्रीदर ३५ रूपैयाँ २४ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८२ पैसा र बिक्रीमा ३५ रूपैयाँ ९८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ५२ पैसा र बिक्रीमा २८ रूपैयाँ ६५ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२७ रूपैयाँ ५९ पैसा र बिक्रीमा ४२९ रूपैयाँ ५४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रूपैयाँ ९५ पैसा र बिक्रीदर ३५० रूपैयाँ ५४ पैसा तोकिएको छ।