मंगलबार अमेरिकी डलरको भाउसँगै युरोपियन युरो र क्यानेडियन डलरको भाउ पनि बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५८ पैसा कायम गरिएको छ।
सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४० पैसा र बिक्रीदर १३२ रुपैयाँ थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ५८ पैसा बढेको हो।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ९ पैसा र बिक्रीमा १४१ रुपैयाँ ७३ पैसा पाइन्छ।
सोमबार युरो एकको खरिददर १४० रुपैयाँ ६९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३३ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ४० पैसा बढेको हो।
यस्तै, मंगलबार क्यानेडियन डलरको भाउ पनि बढेको छ। आज क्यानेडियन डलर एकको खरिदमा आज ९८ रुपैयाँ १५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५९ पैसा तोकिएको छ।
क्यानेडियन डलर अघिल्लो दिनको तुलनामा २७ पैसा बढेको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८६ रुपैयाँ ९४ पैसा र बिक्रीमा ८७ रुपैयाँ ३४ पैसा पाइन्छ।
पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६४ रुपैयाँ २५ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रुपैयाँ १० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ८३ पैसा र बिक्रीमा २८ रुपैयाँ ९६ पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ७४ पैसा र बिक्रीमा ४३० रुपैयाँ ६९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ६ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ६५ पैसा तोकिएको छ।