आइएमई लाइफ इन्स्योरेन्सलाई आइपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ।
कम्पनीलाई बोर्डले मंगलबार प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्न अनुमति दिएको हो।
कम्पनीलाई एक सय रुपैयाँ अंकित मूल्यमा थप १३६ रुपैयाँ ९१ पैसा प्रिमियम मूल्य सहित प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसामा आइपिओ निष्कासन गर्न बोर्डले अनुमति दिएको हो।
कम्पनीले प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसाका दरले २ अर्ब ७६ करोड ७ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता आइपिओ निष्कासन गर्नेछ।
जसमध्ये ६ लाख कित्ता भने कम्पनीका कर्मचारीहरूलाई प्रतिकित्ता १०० रुपैयाँमै निष्कासन गर्नेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ।
यसैगरी, धितोपत्र बोर्डले अपर लोहरे हाइड्रोपावर कम्पनीलाई पनि मंगलबार नै आइपिओ निष्कासन गर्न अनुमति दिएको हो।
कम्पनीलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको हो।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल रहेको छ।