बुधबार नेप्से परिसूचक ४.६८ अंकले बढेको छ।
यस दिन नेप्से ०.२४ प्रतिशतले बढेर १९३२.३३ बिन्दुमा बन्द भएको छ।
बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६३५ रुपैयाँ पुगेको छ।
यस दिन २६१ वटा धितोपत्रको ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर किनबेच भएको हो।
बुधबार युनिक नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य १ हजार ३५३ रुपैयाँ पुगेको छ।
यस्तै, खप्तड लघुवित्तको सेयर मूल्य ८.०२ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ९०२ रुपैयाँ पुगेको छ।
यसैगरी, सिद्धार्थ इक्विटी फण्डको इकाइ मूल्य सर्वाधिक ४.३५ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ३५ पैसामा झरेको छ।
यस्तै, सनराइज फोकस्ड् इक्विटी फण्डको इकाइ मूल्य ३.८२ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ३० पैसामा सीमित भएको छ।
बुधबार सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३४३ रुपैयाँमा १० करोड १३ लाख बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको ४७० रुपैयाँ ९० पैसामा ८ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ५ समूहको परिसूचक घटेको छ भने बाँकी ८ समूहको परिसूचक बढेको छ।
यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक ४.९७ प्रतिशतले बढेको भने म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक ०.६२ प्रतिशतले घटेको छ।