सिद्धार्थ बैंकको सहयोगमा जेठ २० गते शनिबार चन्द्रागिरि नगरपालिका- ४ को प्राथमिक अस्पताल थानकोट परिसरमा पाठेघरको मुखको क्यान्सरको निःशुल्क जाँच शिविर आयोजना भएको छ।
उक्त कार्यक्रम सिद्धार्थ, नेपाल क्यान्सर केयर फाउन्डेसन र प्राथमिक अस्पताल थानकोटको सहकार्यमा आयोजना गरिएको थियो।
पाठेघर क्यान्सरको सचेतनाका साथै महिला स्वास्थ्यको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा १५८ जना महिलाको पाठेघर परीक्षण गरिएको थियो।
बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनमा पनि यस्ता कार्यलाई उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य रहेको जनाएको छ। यसले समाजमा सकारात्मक प्रभाव पुग्ने विश्वास बैंकको छ।
सिद्धार्थ बैंकका देशैभर १९५ वटा शाखा (५ एक्स्टेन्सन काउन्टर सहित), ११९ शाखारहित बैंकिङ सेवा, २२० एटिएम छन्।