ग्लोबल आइएमई बैंकका ग्राहकहरूले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक पाउने भएका छन्।
बैंकले रुपन्देही जिल्लाको बुटवलस्थित लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना सार्वजनिक गरेको हो।
यो योजनाअन्तर्गत बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले बैंकको क्युआरमार्फत भुक्तानी गर्दा तथा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको पिओएस मेसिनबाट टिकट खरिद गर्दा १० प्रतिशत तथा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन्।
यो योजना सीमित अवधिको लागि लागू रहने बैंकको भनाइ छ।
ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले समय–समयमा यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ।
बैंकले ३५७ शाखा कार्यालय, ३५७ एटिएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन एवम् राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।