सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।
आइतबार एकको खरिददर १३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३२ रुपैयाँ २५ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा तोकिएको छ।
आइतबार युरो एकको खरिदमा भने १४१ रुपैयाँ ६४ पैसा र बिक्रीमा १४२ रुपैयाँ २९ पैसा कायम गरिएको थियो। आइतबारको तुलनामा आज युरो १३ पैसा घटेको हो।
अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रुपैयाँ ७३ पैसा र बिक्रीमा ८९ रुपैयाँ १४ पैसा पाइन्छ।
यस्तै, सोमबार पाउण्ड एकको खरिदमा भने १६५ रुपैयाँ ४९ पैसा र बिक्रीमा १६६ रुपैयाँ २४ पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा आज ९८ रुपैयाँ ६७ पैसा र बिक्रीमा ९९ रुपैयाँ १२ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १० पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १० पैसा र बिक्रीदर ३५ रुपैयाँ २६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ५३ पैसा र बिक्रीमा २८ रुपैयाँ ६६ पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ६३ पैसा र बिक्रीमा ४३० रुपैयाँ ५९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ २० पैसा र बिक्रीदर ३५० रुपैयाँ ८० पैसा तोकिएको छ।