नेप्से परिसूचक बढ्ने क्रम जारी रहेको छ। परिसूचक बढिरहँदा कारोबार रकममा पनि दैनिक सुधार आएको छ।
मंगलबार नेप्से परिसूचक ३४.१७ अंकले बढेको छ।
यस दिन नेप्से १.७२ प्रतिशतले बढेर २०२०.६४ बिन्दुमा बन्द भएको छ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ रुपैयाँ पुगेको छ।
यस दिन २७० वटा धितोपत्रको १ करोड ८ लाख १ हजार ६९३ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
यसदिन वीन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८८० रुपैयाँ पुगेको छ।
भूगोल इनर्जी र सिटी होटलको सेयर मूल्य ९.९७ प्रतिशतका दरले बढेर प्रतिकित्ता मूल्य क्रमशः २९६ रुपैयाँ ७० पैसा र १४७ रुपैयाँ ८० पैसा पुगेको छ।
यसैगरी, प्रभु स्मार्ट फण्डको इकाइ मूल्य सर्वाधिक ३.९३ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ३१ पैसामा झरेको छ।
यस्तै, सिटीजन्स म्यसचुअल फण्ड २ को इकाइ मूल्य ३.१७ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ९४ पैसामा सीमित भएको छ।
मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ५०६ रुपैयाँ ५० पैसामा २७ करोड ६६ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ८.२३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन डिष्टिलरी ररहेको छ। उक्त कम्पनीको प्रतिकित्ता दुई हजार २२५ रुपैयाँमा १७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ४.३२ प्रतिशतले बढेको छ।