सनराइज बैंक र देव्यानी इन्टरनेशनल नेपालबीच छुट सम्झौता भएको छ।
केएफसीलगायतका आउटलेट दिव्यानी इन्टरनेसनल नेपालबाट सञ्चालित छ। केएफसीसँगै क्रिमबेल र पिज्जा हटका आउटलेट पनि दिव्यानी इन्टरनेसनलबाट सञ्चालित छन्।
डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले ग्राहकहरूलाई विभिन्न क्षेत्रमा छुट प्रदान गर्दै आएको छ।
सोही क्रममा बैंकले केएफसी, क्रिमबेल र पिज्जा हटमा ग्राहकहरूलाई विशेष छुट दिने व्यवस्था गरेको हो।
यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप सनराइज स्मार्ट प्लसबाट नेपाल पे क्युआर स्कान गरी केएफसी, क्रिमबेल र पिज्जा हटका देशैभरी रहेको आउटलेटमा भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम २०० प्रति कारोबार) क्यासव्याक तुरुन्तै पाउने बैंकको भनाइ छ।
यो योजना असार २१ गतेसम्मका लागि लागू गरिएको बैंकले बताएको छ।