नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ६२ पैसा र बिक्रीमा १४२ रुपैयाँ २७ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४४ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ८९ रुपैयाँ ३९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ६० पैसा र बिक्रीमा ९९ रुपैयाँ ०६ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ११ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ३६ पैसा र बिक्रीमा २८ रुपैयाँ ४९ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ५३ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ४८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३४९ रुपैयाँ २३ पैसा तोकिएको छ।