बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मेन्छियाम हाइड्रोपावरको आइपिओ सूचीकृत भएको छ।
कम्पनीको ५४ लाख २५ हजार ८३३ कित्ता आइपिओ सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूलाई वितरण गरेको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरू र कर्मचारीहरू समेत) लाई निष्कासन गरेको १६ लाख २७ हजार ७५० कित्ता सेयर र संस्थापकहरूले लगानी गरेको ३७ लाख ९८ हजार २३ कित्ता सेयर गरी उक्त आइपिओ नेप्समा सूचीकृत गराएको हो।
नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको न्यूनतम ७७ रुपैयाँ ४५ पैसादेखि २३२ रुपैयाँ ३५ पैसा ओपनिङ रेन्ज तोकेको छ।
सो रेन्जमा रहेर आइतबारदेखि कम्पनीको सेयर कारोबार खुला हुनेछ।
नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ।
कम्पनीको 'एमसीएचएल' संकेतमा सेयर कारोबार खुला हुनेछ।
त्यस्तै, सूचीकरणपछि दिनुपर्ने आरटिएस सेवा एनआइसी एशिया क्यापिटल बबरमहलबाट हुने समेत कम्पनीले जानकारी दिएको छ।