सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।
आइतबार एकको खरिददर १३० रुपैयाँ ८० पैसा र बिक्रीदर १३१ रुपैयाँ ४० पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६९ पैसा तोकिएको छ।
आइतबार युरो एकको खरिदमा भने १४३ रुपैयाँ १९ पैसा र बिक्रीमा १४३ रुपैयाँ ८४ पैसा कायम गरिएको थियो। आइतबारको तुलनामा आज युरो १५ पैसा घटेको हो।
अष्ट्रेलियन डलर एकको खरिदमा भने ८९ रुपैयाँ ९६ पैसा र बिक्रीमा ९० रुपैयाँ ३८ पैसा पाइन्छ।
यस्तै, सोमबार पाउण्ड एकको खरिदमा भने १६७ रुपैयाँ ६७ पैसा र बिक्रीमा १६८ रुपैयाँ ४४ पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा आज ९९ रुपैयाँ ११ पैसा र बिक्रीमा ९९ रुपैयाँ ५६ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०४ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ३५ पैसा र बिक्रीमा २८ रुपैयाँ ४८ पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ९१ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ८६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ५४ पैसा तोकिएको छ।