सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा इङ्वा हाइड्रोपावरको आइपिओ सूचीकृत भएको छ।
कम्पनीको ६० लाख कित्ता आइपिओ नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूको लागि (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरू) समेत १८ लाख कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरूले लगानी गरेको ४२ लाख कित्ता सेयर गरी उक्त सेयर नेप्सेमा सूचीकृत गराएको हो।
नेप्सेले पहिलो कारोबारको लागि न्यूनतम ९७ रुपैयाँ २९ पैसादेखि २९१ रुपैयाँ ८७ पैसा ओपनिङ रेन्ज तोकेको छ।
सोही रेञ्जमा रहेर मंगलबारदेखि कम्पनीको सेयर कारोबार खुला हुनेछ।
नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ।
कम्पनीको 'आइएचएल' संकेतमा सेयर कारोबार खुला हुनेछ।