मंगलबार पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ।
सोमबार एकको खरिददर १३० रुपैयाँ ८० पैसा र बिक्रीदर १३१ रुपैयाँ ४० पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ८१ पैसा र बिक्रीमा १४३ रुपैयाँ ४६ पैसा पाइन्छ।
यस्तै, मंगलबार क्यानेडियन डलर एकको खरिदमा आज ९९ रुपैयाँ ०५ पैसा र बिक्रीमा ९९ रुपैयाँ ५० पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८९ रुपैयाँ ५३ पैसा र बिक्रीमा ८९ रुपैयाँ ९४ पैसा पाइन्छ।
पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३४ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ९० पैसा र बिक्रीमा ३६ रुपैयाँ ०७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०३ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ २७ पैसा र बिक्रीमा २८ रुपैयाँ ४० पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ९२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ५५ पैसा तोकिएको छ।