नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ २७ पैसा र बिक्रीमा १४३ रुपैयाँ ९२ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँ तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ ११ पैसा र बिक्रीमा ८९ रुपैयाँ ५२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ २१ पैसा र बिक्रीमा ९९ रुपैयाँ ६६ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ २५ पैसा र बिक्रीमा २८ रुपैयाँ ३८ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ९१ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ३३ पैसा तोकिएको छ।