बुधबार नेप्से परिसूचक १४.०५ अंकले घटेको छ।
यस दिन नेप्से ०.६८ प्रतिशतले घटेर २०५०.७८ बिन्दुमा पुगेको छ।
बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९५३ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ३ अर्ब ४९ करोड ८ लाख १६ हजार २०३ रुपैयाँमा सीमित भएको छ।
यस दिन २७१ वटा धितोपत्रको ८६ लाख ३९ हजार ६४४ कित्ता सेयर किनबेच भएको हो।
बुधबार सिटी होटलको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ।
यस दिन उक्त कम्पनीको सेयर मूल्य २६१ रुपैयाँ ४० पैसा पुगेको छ।
यस्तै, सोल्टी होटलको सेयरमूल्य ७.३१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४७० रुपैयाँ कायम भएको छ।
यसैगरी, सेयरमूल्य सर्वाधिक घट्ने कम्पनीमा ग्रीन भेञ्चर्स रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ६.९८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४५३ रुपैयाँमा झरेको छ।
यस्तै, मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य ५.४८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २५५ रुपैयाँ ४० पैसामा सीमित भएको छ।
बुधबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ५३८ रुपैयाँमा २२ करोड ४८ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.६० प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोल्टी होटल रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४७० रुपैयाँमा १९ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी ९ समूहको परिसूचक घटेको छ।
यसदिन, जलविद्युत समूहको परिसूचक सर्वाधिक १.६२ प्रतिशतले घटेको छ।
यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ४.४८ प्रतिशतले बढेको छ।