साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १.३१ अंकले घटेको छ।
यस दिन नेप्से ०.०६ प्रतिशतले घटेर २१६३.९२ बिन्दुमा बन्द भएको छ।
बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार ९०० रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ३ अर्ब ५ करोड २४ लाख १० हजार ६५९ रुपैयाँ पुगेको छ।
यस दिन २६४ वटा धितोपत्रको ८४ लाख २४ हजार १०८ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार विशाल बजार र लिवर्टी इनर्जीको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीहरूको सेयर मूल्य क्रमशः ४ हजार १०१ रुपैयाँ ९० पैसा र २६१ रुपैयाँ ९० पैसा पुगेको छ।
सेयरमूल्य सर्वाधिक घट्नेमा सिटीजन्स म्युचुअल फण्ड–२ रहेको छ। उक्त योजनाको इकाइ मूल्य १० प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रुपैयाँ ३५ पैसामा सीमित भएको छ।
यस्तै, कुमारी इक्विटी फण्डको इकाइ मूल्य पनि १० प्रतिशतले घटेको छ।
उक्त योजनाको इकाइ मूल्य ९ रुपैयाँ १३ पैसामा झरेको छ।
बिहीबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ६३५ रुपैयाँमा १४ करोड २३ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.०९ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोल्टी होटल रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४८० रुपैयाँमा ९ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ५ समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको परिसूचक घटेको छ।
यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक ६.३५ प्रतिशतले बढेको छ।
यस्तै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.३९ प्रतिशतले बढेको छ।