सिद्धार्थ बैंक बैंकिङ क्षेत्रको 'उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२२' अवार्डबाट सम्मानित भएको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आर्थिक वर्ष २०२१/२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा बैंकिङ क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन (गोल्ड अवार्ड) बैंकलाई प्रदान गरेको हो।
सिद्धार्थ बैंक गत वर्ष पनि 'उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१' अवार्डबाट सम्मानित भएको थियो।
उक्त अवार्ड शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेललाई हस्तान्तरण गरे।
यस अवार्डले बैंकलाई आगामी दिनहरूमा अझ बढी परिस्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको बैंकले बताएको छ।
बैंकले देशभर १९६ वटा शाखा (५ एक्स्टेन्सन् काउन्टर सहित), १२३ शाखारहित बैंकिङ सेवा र २२० एटिएममार्फत् उच्चस्तरीय एवम् प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ।