असार र साउन दुबै महिनामा आधार दर घट्न थालेसँगै कर्जाको ब्याजदर पनि केही कम हुने देखिएको छ।
बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार जेठसम्म तीन महिनाको औसत आधार दरको तुलनामा असारसम्मका यस्तो औसत आधार दर ०.१६ प्रतिशत बिन्दुले घटेको छ। जेठसम्ममा यस्तो आधार दर ०.१० प्रतिशतले घटेको थियो।
आधार दर घट्दा बैंकहरूले जारी गर्ने कर्जाको ब्याजदर समेत घट्छ।
चैत, वैशाख र जेठ महिनामा १६ वटा वाणिज्य बैंकको औसत आधारदर १०.३७ प्रतिशत रहेकोमा वैशाख, जेठ र असारको औसत आधार दर १०.२१ प्रतिशत छ।
राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आउने महिनाको लागि त्यस अघिका हरेक तीन महिनाको औसत अनुसार आधार दर तय गर्न सक्ने व्यवस्था गरेको छ।
यसअघि हरेक तीन/तीन महिना मात्रै कर्जामा लाग्ने आधार दर परिर्वतन हुने गर्थ्यो। अब भने हरेक महिना पछिल्ला तीन महिनाको आधार दरको औसत लिएर तय गरिन्छ।
बैंकहरूको मासिक आधार दरमा समेत सिमान्त दरमा कमी आइरहेकोले आगामी महिना कर्जाको ब्याजदर थप घट्न सक्ने देखिन्छ।
| आधार दर |
| बैंक |
असारको लागि |
साउनको लागि |
| नबिल बैंक |
९.६५ |
९.५२ |
| सानिमा बैंक |
१०.५२ |
१०.३६ |
| एनएमबी बैंक |
१०.४५ |
१०.३७ |
| नेपाल एसबीआई |
१०.८५ |
१०.७४ |
| कृषि विकास बैंक |
१०.२१ |
१०.१४ |
| कुमारी बैंक |
१०.८८ |
१०.८७ |
| सिटिजन्स बैंक |
१०.९५ |
१०.७२ |
| प्राइम बैंक |
१०.८४ |
१०.६९ |
| सनराइज बैंक |
११.१४ |
१०.९३ |
| माछापुच्छ्रे बैंक |
१०.९२ |
१०.७४ |
| एनआइसी एशिया बैंक |
१०.३५ |
१०.१८ |
| ग्लोबल आइएमई बैंक |
१०.३७ |
१०.२ |
| प्रभु बैंक |
१०.३६ |
१०.०६ |
| सिद्धार्थ बैंक |
१०.२१ |
१०.०३ |
| राष्ट्रिय वाणिज्य बैंक |
८.२४ |
८.०२ |
| नेपाल इन्भेष्टमेन्ट मेगा बैंक |
१०.०६ |
९.८४ |
| |
|
|