नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि 'युरोमनी अवार्ड फर एक्सेलेन्स २०२३' बाट सम्मानित भएको छ।
युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो। र, बैंकले यस प्रतिष्ठित अवार्ड प्राप्त गरेको यो सहित तेस्रो पटक हो।
यसअघि दुई पटक सन् २०१८ र २०२१ मा पनि बैंकले यस अवार्ड हासिल गरेको छ।
वर्षभरिको कार्यसम्पादन, रणनीतिक वृद्धि तथा ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएकै कारण बैंकलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको हो।
युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रम मार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष बैंकलाई सम्मानित गर्नुको अर्को कारण उल्लेख गरेको छ।