नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ८० पैसा र बिक्रीदर १३१ रुपैयाँ ४० पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा ९९ रूपैयाँ २५ पैसा र बिक्रीमा ९९ रूपैयाँ ७१ पैसा पाइन्छ।
यस्तै, युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ७० पैसा र बिक्रीमा १४६ रूपैयाँ ३७ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ९२ पैसा र बिक्रीमा ८९ रूपैयाँ ३३ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रूपैयाँ ६१ पैसा र बिक्रीदर १७० रूपैयाँ ३९ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ०७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ०३ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ६१ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ९३ पैसा र बिक्रीमा २९ रूपैयाँ ०६ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२६ रूपैयाँ ४२ पैसा र बिक्रीमा ४२८ रूपैयाँ ३८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रूपैयाँ र बिक्रीदर ३४८ रूपैयाँ ५९ पैसा तोकिएको छ।