धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
बोर्डले चालु आर्थिक वर्षभित्र वस्तु विनिमय बजार (कमोडिटी) सञ्चालनमा ल्याउनेदेखि गैर आवासीय नेपालीलाई पुँजी बजारमा सहज प्रवेशको लागि आवश्यक कानुनी र संस्थागत पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको छ।
गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउन कानुन संशोधन र परिमार्जन गर्ने उल्लेख गरेको छ।
बोर्डले नविनतम उद्यम व्यवसायको प्रर्वद्धन गर्न आवश्यक पुँजी परिचालनको लागि प्राइभेट इक्विटि, भेन्चर क्यापिटल जस्ता अर्थप्रणालीको निर्माण गर्ने विशेष नीति लिएको छ।
बोर्डले हरित ऋणपत्र लगायतका वित्तीय उपकरण जारी गर्न सक्ने गरी नीतिगत व्यवस्था गर्ने समेत गरेकाे छ। बोर्डले विकासमुलक ३० र नियमित ४४ कार्यक्रम सम्पन्न गर्ने लक्ष्य नीति तथा कार्यक्रममार्फत् सार्वजनिक गरेको छ।