भारतले कच्चा तेल (क्रुड आयल) को कर बढाएको छ।
अगस्ट १ देखि कार्यान्वयनमा आउने गरेर प्रतिटन कच्चा तेलमा ४ हजार २५० (५१.६८ डलर) भारू कर पुर्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
विशेष अतिरिक्त भन्सार शुल्कको रूपमा यस्तो कर लगाइएको हो।
हाल कच्चा तेलमा प्रतिटन १६ सय भारू कर लाग्दै आएको छ।
तेल उत्पादक कम्पनीहरूलाई यस्तो कर लगाइएको भए पनि पेट्रोल र हवाई इन्धनमा भने भारतले कुनै परिवर्तन नगरेको सञ्चार माध्यमहरूले जनाएका छन्।
डिजेलमा भने प्रतिलिटर एक भारू कर लगाइएको छ। यसअघि यस्तो कर लगाइएको थिएन।
भारतले कर बढाएपछि नेपालमा के हुन्छ भन्ने चासो बढेको छ। नेपालले पाँच वर्षका लागि इन्धन सम्झौता गरिसकेकाले अहिले नै के हुने भन्न नसकिने नेपाल आयल निगमले उल्लेख गरेको छ।