मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
लगातार पाँच कारोबार दिन घटेको सेयर बजार सोमबार भने ५.८४ अंकले बढेको थियो। तर, त्यो वृद्धि एकदिन पनि टिक्न सकेन।
मंगलबार नेप्से परिसूचक २८.५९ अंकले घटेर २०७७.५८ बिन्दुमा बन्द भएको छ।
आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँ पुगेको छ।
यस दिन २६२ वटा धितोपत्रको ६० लाख १५ हजार ६७ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार सुपर मादी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ४.६० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको सेयर मूल्य ३९८ रुपैयाँ पुगेको छ।
यस्तै, सिक्लेस हाइड्रोपावरको सेयर मूल्य १.९३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३९५ रुपैयाँ ७० पैसा कायम भएको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा किसान लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ६.५४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८१५ रुपैयाँमा १० पैसामा सीमित भएको छ।
यस्तै, हिमालयन लघुवित्तको सेयर मूल्य ५.५७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६७८ रुपैयाँमा झरेको छ।
मंगलबार अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४१० रुपैयाँमा ८ करोड ७४ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.२३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५८८ रुपैयाँमा ७ करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.३५ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटदा समग्र नेप्से घटेको हो।
यसदिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक २.४७ प्रतिशतले घटेको छ।
यस्तै वित्त समूहको परिसूचक २.४३ प्रतिशतले घटेको छ।