नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ८१ पैसा र बिक्रीमा ९९ रूपैयाँ २६ पैसा पाइन्छ।
यस्तै, युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ४१ पैसा र बिक्रीमा १४५ रूपैयाँ ०६ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ २५ पैसा र बिक्रीमा ८६ रूपैयाँ ६५ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रूपैयाँ २३ पैसा र बिक्रीदर १६७ रूपैयाँ ९९ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २० पैसा र बिक्रीदर ३५ रूपैयाँ ३६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रूपैयाँ १२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ९८ पैसा र बिक्रीमा २९ रूपैयाँ ११ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ २८ पैसा र बिक्रीमा ४३१ रूपैयाँ २३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ २८ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ८७ पैसा तोकिएको छ।