ग्लोबल इक्विटी फण्डले ऊर्जा क्षेत्रमा लगानी गर्ने कोष सञ्चालनमा ल्याउने भएको छ।
ग्लोबल इक्विटी फण्ड र ऊर्जा डेभलपर्सबीच 'ऊर्जा इम्प्याक्ट फण्ड' नामक कोष ल्याउने समझदारी भएको हो। ऊर्जा डेभलपर्स र ग्लोबल इक्विटी यस कोषको संयुक्त कोष प्रवर्द्धक रहेका छन्।
स्वदेशी र अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ता, विकास वित्त संस्थाहरूमार्फत कोषको रकम जुटाउने उद्देश्य राखिएको छ।
ग्लोबल इक्विटी फण्डले प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्ने गरी विशिष्टिकृत कोष सञ्चालनको अनुमति पाएको छ।
सेयर बजारमा सूचीकृत भइनसकेका कम्पनीमा प्राइभेट इक्विटीको रुपमा वा प्रारम्भिक चरणमा रहेका कम्पनीमा भेञ्चर क्यापिटलको रुपमा लगानी गर्छन्।
ऊर्जा डेभलपर्स नवीकरणीय ऊर्जा क्षेत्रमा काम गर्ने संस्था हो। यसले सन् २०३० सम्म एक गिगावाट कार्वन रहित ऊर्जा उत्पादनको उद्देश्य लिएको छ।