नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ २३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८३ पैसा कायम गरिएको छ। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ ८४ पैसा र बिक्रीमा १४५ रुपैयाँ ५० पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रुपैयाँ २१ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९७ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ०२ पैसा र बिक्रीमा ८६ रुपैयाँ ४१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ २८ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७३ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४१ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ र बिक्रीमा ३६ रुपैयाँ १६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ८६ पैसा र बिक्रीमा २८ रुपैयाँ ९९ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ६४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ३६ पैसा तोकिएको छ।