नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) घोराही सिमेन्टसहित तीन कम्पनीको आइपिओ सूचीकृत भएको छ।
घोराही सिमेन्ट, थ्रीस्टार हाइड्रोपावर र अप्पर स्याङ्गे हाइड्रोपावरको आइपिओ नेप्सेमा सूचीकृत भएको हो।
नेप्सेमा घोराही सिमेन्टको ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरू (वैदेशिक रोजगारीमा रहेका नीपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरू, सामूहिक लगानी कोष र कर्मचारीहरू समेत) लाई वितरण गरेको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर र संस्थापक सेयरधनीहरूले लगानी गरेका ३ करोड १७ लाख ७५ हजार २०५ कित्ता सेयर गरी सो परिमाणको सेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले पहिलो कारोबारको लागि न्यूनतम २२६ रुपैयाँ ६१ पैसादेखि ६७९ रुपैयाँ ८३ पैसाको मूल्य रेञ्ज पाएको छ।
कम्पनीको 'जिसीआइएल' संकेतमा कारोबार खुल्नेछ।
यस्तै, बिहीबार नै थ्रीस्टार हाइड्रोपावरको ४९ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।
कम्पनीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरू (वैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरू, सामूहिक लगानी कोष र कर्मचारीहरू समेत) लाई वितरण गरेको १२ लाख ३१ हजार २५० कित्ता सेयर र संस्थापक सेयरधनीहरूले लगानी गरेका ३६ लाख ९३ हजार ७५० कित्ता सेयर गरी सो सेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीको पहिलो कारोबारको लागि न्यूनतम ८५ रुपैयाँ ६५ पैसादेखि २५६ रुपैयाँ ९५ पैसासम्मको मूल्य रेन्ज तोकिएको छ।
कम्पनीको 'टिएसएचएल' संकेतमा कारोबार सुरू हुनेछ।
यसैगरी, अप्पर साङ्गे हाइड्रोपावरको २२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।
कम्पनीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरू (वैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरू, सामूहिक लगानी कोष र कर्मचारीहरू समेत) लाई वितरण गरेको ८ लाख ७० हजार कित्ता सेयर र संस्थापक सेयरधनीहरूले लगानी गरेका १३ लाख ३० हजार कित्ता सेयर गरी उक्त परिमाणको सेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले पहिलो कारोबारको लागि न्यूनतम ८४ रुपैयाँ ५४ पैसादेखि २५३ रुपैयाँ ६२ पैसा मूल्य रेञ्ज पाएको छ।
कम्पनीको 'युएसएचएल' संकेतमा कारोबार खुला हुनेछ।
माथि उल्लेखित मूल्य रेञ्जको आधारमा रहेर आइतबारदेखि तीनै कम्पनीहरूको सेयर कारोबार खुला हुनेछ।
नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ।