सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।
आइतबार एकको खरिददर १३२ रुपैयाँ २६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८६ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा तोकिएको छ।
आइतबार युरो एकको खरिदमा भने १४५ रुपैयाँ २५ पैसा र बिक्रीमा १४५ रुपैयाँ ९१ पैसा कायम गरिएको थियो। आइतबारको तुलनामा आज युरो ४८ पैसा घटेको हो।
यस्तै, सोमबार पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६७ रुपैयाँ ९२ पैसा र बिक्रीमा १६८ रुपैयाँ ६८ पैसा पाइन्छ। यो मूल्य आइतबारको तुलनामा ५ पैसा घटेको हो।
अष्ट्रेलियन डलर एकको खरिदमा भने ८५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ८६ रुपैयाँ ३५ पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा आज ९८ रुपैयाँ ४१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ८५ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३० पैसा र बिक्रीमा ३६ रुपैयाँ ४६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४१ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०१ पैसा र बिक्रीमा ३६ रुपैयाँ १७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ८३ पैसा र बिक्रीमा २८ रुपैयाँ ९६ पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ९७ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ९२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ४१ पैसा तोकिएको छ।