सोमबार नेप्से परिसूचक ३.६१ अंकले घटेको छ।
यसदिन नेप्से ०.१७ प्रतिशतले घटेर २०७७.२४ बिन्दुमा बन्द भएको छ।
सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५१२ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर २ अर्ब ९ करोड १३ लाख ९० हजार ९३८ रुपैयाँमा सीमित भएको छ।
यस दिन २७९ वटा धितोपत्रको ५४ लाख १७ हजार ९२८ कित्ता सेयर किनबेच भएको हो।
सोमबार थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको सेयर मूल्य ३०८ रुपैयाँ ५० पैसा पुगेको छ।
यस्तै, अपर स्याङ्गे हाइड्रोपावरको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २०६ रुपैयाँ ७० पैसा कायम भएको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको मूल्य ६.४६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७६८ रुपैयाँमा सीमित भएको छ।
यस्तै, बुद्धभूमी नेपाल हाइड्रोपावरको सेयर मूल्य ४.८० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३१७ रुपैयाँमा झरेको छ।
सोमबार आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ५८९ रुपैयाँ ९० पैसामा ११ करोड २४ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.५७ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोल्टी होटल रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४६३ रुपैयाँमा १० करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक घटेको छ भने बाँकी पाँच समूहको परिसूचक बढेको छ।
यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशतले घटेको छ।
यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक १.५८ प्रतिशत र व्यापार समूहको परिसूचक १.४१ प्रतिशतले घटेको छ।