मंगलबार नेप्से परिसूचक ३१.८० अंकले घटेको छ।
यसदिन नेप्से १.५३ प्रतिशतले घटेर २०४५.४४ बिन्दुमा बन्द भएको छ।
मंगलबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।
गत कारोबार दिन २ अर्ब ९ करोड १३ लाख ९० हजार ९३८ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँ पुगेको छ।
यस दिन २७८ वटा धितोपत्रको ५६ लाख ३ हजार १७९ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार इमर्जिङ नेपालको सेयरमूल्य सर्वाधिक ५.१८ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको सेयर मूल्य एक हजार १६ रुपैयाँ पुगेको छ।
यस्तै, ८.५ नेपाल बैंक डिवेञ्चर २०८७ को मूल्य ३.८७ प्रतिशतले बढेर प्रति डिवेञ्चर मूल्य ८०० रुपैयाँ कायम भएको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा हिमालयन डिष्टिलरी रहेको छ। उक्त कम्पनीको मूल्य ७.६९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार १७ रुपैयाँमा सीमित भएको छ।
यस्तै, थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य ६.९४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३८७ रुपैयाँ १० पैसामा झरेको छ।
मंगलबार हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता दुई हजार १७ रुपैयाँमा २० करोड ५५ लाख बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५४७ रुपैयाँ ३० पैसामा १८ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक २८.९० प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ४.२६ प्रतिशतले घटेको छ।
यस्तै, जलविद्युत समूहको परिसूचक २.३१ प्रतिशत र वित्त समूहको परिसूचक २.२४ प्रतिशतले घटेको छ।