नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०३ पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ ८० पैसा र बिक्रीमा १४५ रुपैयाँ ४६ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रुपैयाँ २३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ८६ रुपैयाँ १० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ १५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६० पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०६ पैसा र बिक्रीमा ३६ रुपैयाँ २२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ५७ पैसा र बिक्रीमा २८ रुपैयाँ ७० पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ४१ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ३६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९४ पैसा तोकिएको छ।