राष्ट्र बैंकले बिहीबार ६ वर्षे अवधिको ५ अर्ब ८४ करोड रूपैयाँको 'विकास ऋणपत्र २०८६ ट' जारी गर्ने भएको छ।
बोलकबोलबाट ब्याजदर निर्धारण हुने यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्थादेखि सर्वसाधारणसम्मले आवेदन दिन पाउँछन्।
प्रतिस्पर्धीको रुपमा बैंक तथा वित्तीय संस्था लगायतले ४ अर्ब ९६ करोड ४० लाख रूपैयाँमा बोलकबोल गर्नेछन्। अप्रतिस्पर्धीको लागि ८७ करोड ६० लाख रूपैयाँ छुट्याइएको छ।
बैंक तथा वित्तीय संस्था लगायतले अप्रतिस्पर्धीको लागि छुट्याइएकोमा भाग लिन पाउँदैनन्। सर्वसाधारण र अन्य संस्थाले भने दुवैमा भाग लिन सक्छन्।
बिहीबार बोलकबोल हुने यो ऋणपत्र भदौ १ गते निष्कासन हुनेछ। यसमा लगानी गर्नेले ६/६ महिनामा ब्याज पाउनेछन्। यसमा कम्तीमा ५० हजार रूपैयाँसम्म लगानी गर्नुपर्ने हुन्छ।