बिहीबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।
बुधबार एकको खरिददर १३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०३ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ।
युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ ५९ पैसा र बिक्रीमा १४५ रुपैयाँ २४ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ ५१ पैसा र बिक्रीमा ८५ रुपैयाँ ९० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ १२ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५६ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रुपैयाँ ७० पैसा र बिक्रीदर १६९ रुपैयाँ ४६ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०६ पैसा र बिक्रीमा ३६ रुपैयाँ २२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ६१ पैसा र बिक्रीमा २८ रुपैयाँ ७४ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ३९ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ३४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९४ पैसा तोकिएको छ।