एभरेष्ट बैंकले 'एभरेष्ट फेस्टिभ बोनान्जा' अफर सुरुवात गरेको छ।
आउँदै गरेको तिज, दशैं, तिहार र छठ पर्वको शुभ अवसरमा बैंकले उक्त अफर ल्याएको बताएको छ।
आज (शुक्रबार) देखि लागु हुने यस अफरमा न्यून ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुनुका साथै सेवा शुल्कमा समेत विशेष छुटको व्यवस्था रहेको छ।
बैंकका नायव महाप्रबन्धक गौरव कुमारका अनुसार यस अफरअन्तर्गत घर कर्जा १०.७४ प्रतिशतको स्थिर ब्याजदरबाट सुरू हुनुका साथै घर निर्माणका लागि १०० प्रतिशतसम्म बैंकले लगानी गर्नेछ।
सवारी कर्जा १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा प्राप्त गर्नुका साथै विद्युतिय सवारीमा ८० प्रतिशतसम्म बैंकले फाइनान्स गर्ने बैंकको भनाइ छ।
साथै, व्याक्तिगत तथा संस्थागत प्रयोजनार्थ आकर्षक ब्याजदरमा सेयर कर्जाको समेत उपभोग गर्न सकिनेछ।
तीन महिनाको लागि लागु हुने यो अफरमा कृषि साना तथा मझौला कर्जा आधार दर र १.५० प्रतिशतको प्रिमियम दरमा उपभोग गर्न सकिनेछ।
साथै बैंकका नायव महाप्रबन्धक कुमारले सम्पूर्ण ग्राहकहरूलाई नजिकैको शाखामा सम्पर्क राखी यस आकर्षक अफरको भरपुर फाइदा लिन आह्वान समेत गरेका छन्।
बैंकले १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १६२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस सुविधा प्रदान गर्दै आइरहेको छ।