नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको मूल्य सामान्य घटेको छ।
आइतबारको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको मूल्यमा एक डलरको खरिददर १३२ रूपैयाँ ६७ पैसा रहेको छ भने बिक्री मूल्य १३२ रूपैयाँ २७ पैसा रहेको छ।
गत शुक्रबार एकको खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा रहेको थियो।
आजको लागि अन्य मुद्राहरूतर्फ क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ एक पैसा र बिक्रीमा ९८ रूपैयाँ ७४ पैसा बिक्री मूल्य छ। यस्तै, युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ २५ पैसा र बिक्रीमा १४४ रूपैयाँ ९० पैसा पाइन्छ।
अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रूपैयाँ ८६ पैसा र बिक्रीमा ८५ रूपैयाँ ३५ पैसा तोकिएको छ। त्यसैगरी बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रूपैयाँ ९४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ७१ पैसा तोकिएको छ।
कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १२ पैसा र बिक्रीमा ३६ रूपैयाँ २८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ ५५ पैसा र बिक्रीमा २८ रूपैयाँ ६८ पैसा पाइन्छ।
आज कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ८१ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ७६ पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ९५ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ५४ पैसा तोकिएको छ।