मंगलबार अमेरिकी डलरको भाउसँगै युरोपियन युरो र अष्ट्रेलियन डलरको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३३ रुपैयाँ २८ पैसा कायम गरिएको छ।
सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३३ रुपैयाँ २७ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १ पैसा बढेको हो।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ ५९ पैसा र बिक्रीमा १४५ रुपैयाँ २५ पैसा पाइन्छ।
सोमबार युरो एकको खरिददर १४४ रुपैयाँ २७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा तोकिएको थियो।
यस्तै, मंगलबार अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ।
आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ ०२ पैसा र बिक्रीमा ८५ रुपैयाँ ४१ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर अघिल्लो दिनको तुलनामा ६ पैसा बढेको हो।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ०९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५४ पैसा पाइन्छ।
पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७१ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४० पैसा र बिक्रीमा ३६ रुपैयाँ ५७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५३ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १२ पैसा र बिक्रीमा ३६ रुपैयाँ २९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ५४ पैसा र बिक्रीमा २८ रुपैयाँ ६७ पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ६१ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ५६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ५८ पैसा तोकिएको छ।