नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ४० पैसा र बिक्रीदर १३३ रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ १४ पैसा र बिक्रीमा १४४ रुपैयाँ ८० पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७७ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ ३१ पैसा र बिक्रीमा ८५ रुपैयाँ ७० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८२ पैसा र बिक्रीमा ९८ रुपैयाँ २७ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ३० पैसा र बिक्रीदर ३५ रुपैयाँ ४६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०५ पैसा र बिक्रीमा ३६ रुपैयाँ २१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ४९ पैसा र बिक्रीमा २८ रुपैयाँ ६१ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ७२ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ६६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ २० पैसा र बिक्रीदर ३५२ रुपैयाँ ७९ पैसा तोकिएको छ।