बुधबार पनि नेप्से परिसूचक बढेको छ। मंगलबारदेखि बढ्न सुरू गरेको बजारले यसदिन पनि निरन्तरता पाएको हो।
बुधबार नेप्से २९.४७ अंकले बढेर २०४५.४५ बिन्दुमा पुगेको छ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि यस दिन अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ५१ करोड ४ लाख ८८ हजार ९८४ रुपैयाँ पुगेको छ।
यस दिन २७३ वटा धितोपत्रको ४२ लाख ३७ हजार ६९ कित्ता सेयर किनबेच भएको हो।
बुधबार कुथेली बुखरी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको सेयर मूल्य ६३७ रुपैयाँ ४० पैसा पुगेको छ।
यस्तै, ग्लोबल आइएमई ब्यालेन्सड् फण्ड–१ को इकाइ मूल्य ९.६४ प्रतिशतले बढेर प्रति इकाइ ९ रुपैयाँ १० पैसा कायम भएको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा सिटिजन्स सुपर ३० म्युचुअल फण्ड रहेको छ। उक्त योजनाको मूल्य ४.०१ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ २३ पैसामा सीमित भएको छ।
यस्तै, एनएमबी डिवेञ्चर ८.५०%–२०८७÷८८ को मूल्य ४.०१ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ७९० रुपैयाँमा झरेको छ।
बुधबार घोराही सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ५१० रुपैयाँमा ७ करोड ५७ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.२० प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोल्टी होटल रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४६३ रुपैयाँमा ७ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक २.७४ प्रतिशतले बढेको छ।
यस्तै, जीवन बीमा समूहको परिसूचक २.५१ प्रतिशतले बढेको छ।