प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा संजीव मानन्धर नियुक्त भएका छन्।
बैंकको आज (शुक्रबार) सम्पन्न सञ्चालक समितिको बैठकले रिक्त सिइओ पदमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम चार्टर्ड एकाउण्टेन्ट मानन्धरलाई नियुक्त गरेको हो।
नवनियुक्त सिइओ मानन्धरले ऐनको दफा १२७ बमोजिम आजै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे।
स्थापनाकालदेखि बैंकको महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यस अघि यसै बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा थिए।
मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव रहेको बैंकको भनाइ छ।
तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ करियर सुरू गरेका मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आवद्ध रही कार्य गरिसकेका छन्।