मंगलबार अमेरिकी डलरको भाउ घटेको छ भने युरोपियन युरो र अष्ट्रेलियन डलरको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५२ पैसा कायम गरिएको छ।
सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५४ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २ पैसा घटेको हो।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ६२ पैसा र बिक्रीमा १४३ रुपैयाँ २७ पैसा पाइन्छ।
सोमबार युरो एकको खरिददर १४२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४३ रुपैयाँ १७ पैसा तोकिएको थियो।
यस्तै, मंगलबार अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ।
आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ५५ पैसा र बिक्रीमा ८४ रुपैयाँ ९३ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर अघिल्लो दिनको तुलनामा ९ पैसा बढेको हो।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४३ पैसा पाइन्छ।
पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७३ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३२ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ३४ पैसा र बिक्रीमा २८ रुपैयाँ ४७ पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ५९ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ५३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ५१ पैसा तोकिएको छ।