मंगलबार नेप्से परिसूचक ५.०५ अंकले घटेर १९९३.४२ बिन्दुमा बन्द भएको छ।
नेप्से परिसूचकसँगै पनि कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन ९७ करोड ९५ लाख ९१ हजार ७९४ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँमा सीमित भएको छ।
यस दिन २७८ वटा धितोपत्रको ४० लाख ६ हजार ७३९ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार कुथेली बुखरी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको सेयर मूल्य ९३३ रुपैयाँ १० पैसा पुगेको छ।
यस्तै, ग्लोबल आइएमई ब्यालेन्सड् फण्ड–१ को इकाइ मूल्य ९.९९ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ९२ पैसा कायम भएको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा स्वावलम्बन लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयरमूल्य ४.८३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ६१ रुपैयाँमा सीमित भएको छ।
यस्तै, सामलिङ पावरको सेयरमूल्य ४.८३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३७४ रुपैयाँमा झरेको छ।
मंगलबार माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता २७५ रुपैयाँमा ३ करोड ६२ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.३६ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५५० रुपैयाँ ९० पैसामा ३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।
यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ०.६३ प्रतिशतले घटेको छ।