एभरेष्ट बैंक र हिमालय दृष्य रिसोर्ट धुलिखेल बिच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको छ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेद्वारा सम्झौता पत्रमा हस्ताक्षर भएको हाे।
योसँगै बैंकका ग्राहकहरुले उक्त रिसोर्टमा १० प्रतिशतसम्म छुट पाउने छन्।
सम्झौता समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रती, बजार विभागकी कर्मचारी एलिना कार्की तथा रिसोर्टका बजार विभागका कर्मचारी सौजन्य केसीको समेत उपस्थिति थियो।
बैंकमा हालसम्म करिब १२ लाख ग्राहक छन्। बैंकले १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयबाट सेवा दिंदै आएको छ।