एनएमबी बैंकले डेबिट कार्डमा एक सय क्यासब्याक अफर घोषणा गरेको छ।
सो अफर अन्तर्गत बैंकका सबै ग्राहकहरू तथा हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएम बाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल (पिओएस) मार्फत कारोबार गर्दा क्यासब्याक पाउँनेछन्।
यो अफर सीमित अवधिको लागि मात्र लागु हुनेछ।
बैंकले हाल देशभरी २०१ शाखा, १४४ एटिएम र १२ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गदै आइरहेको छ।