नेपाल क्लियरिङ हाउसको सञ्चालकमा अमित श्रेष्ठ नियुक्त भएका छन्।
कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैंठकले फाइनान्स कम्पनीहरूका तर्फबाट आइसिएफसि फाइनान्सका डेपुटी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई सञ्चालक पदमा नियुक्त गरेको हो।
यसअघि सञ्चालक रहेका रिलायन्स फाइनान्सका समाज प्रकाश श्रेष्ठको प्रमुख कार्यकारी अधिकृतमा पद्दोनति भएपछि उक्त पद रिक्त रहेको थियो।
अमित श्रेष्ठको वाणिज्य बैंक तथा फाइनान्स कम्पनीको क्षेत्रमा २१ वर्षभन्दा बढीको अनुभव रहेको कम्पनीको भनाइ छ।
नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूमार्फत् प्रवर्द्धित यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था छ।
एनसिएचएलले राष्ट्रिय स्तरको भुक्तानी प्रणालीहरू स्थापना तथा सञ्चालन गर्दै आएको छ।