साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक २८.९२ अंकले घटेको छ।
यसदिन नेप्से १.४७ प्रतिशतले घटेर १९३२.४५ बिन्दुमा बन्द भएको छ।
बिहीबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन ७९ करोड ६८ लाख ७० हजार ४०८ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब १५ करोड ९ लाख २० हजार ६०७ रुपैयाँ पुगेको छ।
यस दिन २७६ वटा धितोपत्रको ३७ लाख ६९ हजार ३३ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार सुभम् पावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको सेयर मूल्य ६९१ रुपैयाँ पुगेको छ।
यस्तै, थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य ७.४६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३१७ रुपैयाँ कायम भएको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा बाराही हाइड्रोपावर रहेको छ।
उक्त कम्पनीको सेयर मूल्य ९.७१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३१६ रुपैयाँमा सीमित भएको छ।
यस्तै, आरबिबी म्युचुअल फण्ड–२ को इकाइ मूल्य ९.३६ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ७५ पैसा कायम भएको छ।
बिहीबार लिबर्टी इनर्जीको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता १५२ रुपैयाँमा ६ करोड १५ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ७.३७ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोद्यटी होटल रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४३४ रुपैयाँमा ४ करोड १ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.५२ प्रतिशतले घटेको हो।